एक सातामा सशस्त्र प्रहरीले पौने १२ लाख बराबरको अवैध सामान बरामद

वीरगंज, १९ कात्तिक ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले एक सातामा १२ लाख ७० हजार मूल्य बराबरको विभिन्न सामानहरु बरामद गरी वीरगंज भन्सारमा बुझाएको छ । वीरगंज महानगर–१६ इनर्वा, विन्धवासिनी गापा–३, छपकैया, ठोरी गापा, जीरा भवानी गापा, ड्राइपोर्ट लगायतको क्षेत्रबाट सशस्त्र प्रहरीले कपडा, चिनी, कस्मेटिक सामान, हार्डवेयर सामान,माछा, सुर्ती, अटोलगायत १२ लाख ७० हजार मूल्य बराबरको सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्ष्Fक सन्तोष कुमार बस्नेतले जानकारी गराउनुभएको छ।
उक्त सामान को रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?