विश्व मधुमेह दिवस विभिन्न जनचेतनामुलक कार्यक्रम सहित वीरगञ्जमा पनि मनाईयो


मधेसखबर
कार्तिक २८ गते , वीरगन्ज: विश्व मधुमेह दिवस सोमबार विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाइएको छ ।वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले मधुमेह हेरचाहमा पहुँच भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको हो .।

विश्व मधुमेह संस्था र विश्व स्वास्थ्य सङ्गठनको घोषणाअनुरुप सन् १९९१ देखि मनाउन थालिएको हो ।महानगरको सभाहलमा आयोजना गरिएको कार्यक्रमको नगर प्रमुख राजेशमान सिंहले आफ्नो रगत परिक्षण गराइ उद्घाटन गरेका हुन ।

मन्तव्य राख्दै प्रमुख सिंहले तालिका बनाइ महानगरका सम्पूर्ण कर्मचारीहरुको नियमित स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य शाखालाइ सुझाव दिनुभयो ।

कार्यक्रममा महानगरपालिकाका कर्मचारी र सेवा लिन आएका सेवाग्राहीहरुको रगत परिक्षण गर्नुको साथै चेतनामूलक पर्चा वितरण गरिएको स्वास्थ्य शाखाका जहिर आलमले बताए ।

मधुमेह उपचारको लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेडरिक ब्यान्टिङको जन्मदिनको अवसर पारेर हरेक वर्ष नोभेम्बेर १४ लाई विश्व मधुमेह दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा पनि मानि;ह?मा यो रोग बढिरहेको तथ्याङ्क छ । छिटो–छिटो पिसाब लाग्ने, मुखसुक्ने, बढी भोक लाग्ने, तौल घट्ने जस्ता मधुमेह रोगका लक्षणहरू हुन् । यसबाट जोगिन खानपिन र शारीरिक व्यायाममा विशेष ध्यान दिनुपर्ने मेयर सिंहले सुझाव दिएका थिए ।

The post विश्व मधुमेह दिवस विभिन्न जनचेतनामुलक कार्यक्रम सहित वीरगञ्जमा पनि मनाईयो appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?