सप्तरी २ : उपेन्द्र यादव भन्दा सिके राउतकाे दाेब्बर अग्रता

मधेसखबर
वीरगन्ज ,०६ मंसिर: सप्तरी क्षेत्र नम्बर २मा जनमत पार्टीका अध्यक्ष सीके राउतले दोब्बर अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग राउतले ५ हजार ७१० मतको अग्रता लिएका हुन् ।

राउतले १० हजार ७०० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले ४ हजार ९९० मत मात्रै ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १ हजार ९६१ मत पाएका छन् ।

सप्तरी २ यादवको पुरानो संसदीय निर्वाचन क्षेत्र हो । तर, जनमत पार्टीका अध्यक्ष राउतको प्रवेशले त्यहाँको प्रतिस्पर्धा रोचक भएको छ ।

The post सप्तरी २ : उपेन्द्र यादव भन्दा सिके राउतकाे दाेब्बर अग्रता appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?