पैसा बाँड्दै गरेकाे अवस्थामा एमालेका उम्मेदवार सहित ३ जना पक्राउ

वीरगन्ज,०२ मंसिर : मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौंका प्रतिनिधिसभा निर्वाचन ५ अन्तर्गतको प्रदेशसभा (२) का एमाले उम्मेदवार दीपक निरौला सहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रदेश सभा सदस्य निरौला सहित बूढानीलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र एमालेको बूढानीलकण्ठका नगरअध्यक्ष प्रदीप डंगोल छन् ।
शुक्रबार साँझ हात्तीगौंगास्थित युरो स्कुलनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई प्रहरी प्रभाग बूढानीलकण्ठमा राखिएको छ ।

उनीहरूले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं– ५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्षसमेत हुन् ।साभार: नयाँपत्रिका

The post पैसा बाँड्दै गरेकाे अवस्थामा एमालेका उम्मेदवार सहित ३ जना पक्राउ appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?