मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

१५ कात्तिक, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट मोटरसाईकल चोरी गरेको अरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पटेर्वासुगौली गाउँपालिका– ३ बस्ने १९ वर्षीय रामजनम मुखिया र वीरगञ्ज महानगरपालिका– ३१ बस्ने २४ वर्षीय सुनिल दास थारुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट कात्तिक ७ गते चोरी भएको बागमती प्रदेश ०३–००३ प ३६७८ नम्बरको एनएस पल्सर मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले जानकारी दिए ।

कात्तिक ७ गते अपरान्ह ४ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १४ बस्ने प्रधुमन कुमार पटेलले मोटरसाईकल हराएको भन्दै खबर गरेका थिए । पार्किङ गरी राखिएको ठाउँबाट मोटरसाईकल चोरी भएको सूचना आए लगत्तै प्रहरीले खोजतलास गरेको थियो ।

वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज-२१ स्थित सडकखण्डमा चेक जाँचको क्रममा कात्तिक ११ गते साँझ साढे पाँच बजे मोटरसाईकल बरामद गरेको थियो । रामजनम र सुनिल चोरी भएकै मोटरसाईकलमा सवार थिए।

अनुसन्धानको क्रममा उनीहरुले नै मोटरसाईकल चोरी गरेको तथ्य खुलेपछि आवश्यक कानुनी कारबाही प्रक्रिया सरु गरिएको प्रहरीले जनाएको छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?