कुश्ती खेलाडीलाई स्वतन्त्र उम्मेदवार मुकेश द्विवेदीद्वारा सम्मान

वीरगंज, ६ कात्तिक/
पर्सा क्षेत्र नं २ (ख) का स्वतन्त्र उम्मेदवार मुकेश द्विवेदीले नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी भएका दुईजना कुश्ती खेलाडीलाई सम्मान गरेका छन् । 
कुश्ती प्रतियोगिता अन्तर्गत ६५ किलो र ५७ किलो तौल समूहमा स्वर्णपदक बिजेता सुजित यादव र कुन्दन साह तुरहालाई द्विवेदीले सम्मान गरे । उनले आगामी दिनमा पनि अन्तराष्ट्रिय खेलमा नेपालको नाम राख्न उनले सुझाव दिए । कार्यक्रममा धर्मराज यादव, किशुनदेव यादव, भगत जी, प्रशिक्षक मदन यादव खलिफालगायतको सहभागिता थियो । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?