नालामा खसेर एक जनाको मृत्यु

रौतहट, २६ असोज । चन्द्रपुर गौर सडकखण्ड अन्तर्गत जयनगर चौक स्थित निर्माणाधीन नालाको खाल्डोमा खसेर एकजनाको मृत्यु भएको छ। गौर चन्द्रपुर सडकखण्डको जयनगर हस्पिटल निर्माणाधीन कल्भर्टको  खाल्डोमा खसेर आज बिहान ८ बजे देवाही गोनाही नगरपालिका–३ देवाही निवासी रामएकबाल साह तेलीको मृत्यु भएको हो।
घरबाट साईकल चढेर गौर जान लागेको तेली जयनगर हस्पिटल अगाडि अन्य गाडी संग साइड लिनेक्रममा खाल्डोमा खसेर मृत्यु भएको देवाहीका पूर्व गाविस अध्यक्ष धर्मेन्द्र पटेलले बताएका छन् । घटना भएलगतै देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेल घटनास्थल पुगेर कल्भर्ट अधुरो छोडेका ठेकदारलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन  कानुनी कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन ।
मृतकका आफन्तहरू शवलाई बाटोमा राखेर क्षतिपूर्ति तथा कार्वाहीको माग गर्दै आन्दोलन गरिरहेका छन । इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी बरूण कुमार   सिंहले दुबै पक्षका मानिसलाई राखेर वार्ता भैरहेको बताएका छन ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?