५० लाखको खानेतेल चोरी गरी बिक्री गरेको आरोपमा चारजना पक्राउ

वीरगंज, ६ कात्तिक/
जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले ५० लाख बराबरको खानेतेल चोरी गरी बिक्री वितरणमा संलग्न ४ जना पक्राउ गरेको जनाएको छ । 
असोज २८ गते बेलुकी ४ः४२ बजेको समयमा बारा परवानीपुर गा.पा.वडा नं. ५ स्थित मनोकामना आयल फुड प्रोसेसिङ प्रा.लि.बाट प्रसोधित तेल एक लिटरको १४,५६० किलोग्राम र आधा लिटरको पाउच ५,९१५ किलोग्राम प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको भाडाको ट्रकमा लोड गरी अंजनी कैरियर वीरगंज, पर्सामार्फत सिन्धुली जिल्लास्थित रोबिन स्पलायर्स प्रा.लि. कमलामाईमा लग्नुपर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. १ बस्ने सुकमान तामाङले नलगेर बेपत्ता बनाएका थिए । 
प्रहरीले चालकमाथि उजूरी परेपछि खोजतलासको क्रममा कात्तिक ४ गते चालक तामाङलाई पक्राउ गरेको थियो भने कात्तिक ५ गते सिम्रौनगढ नगरपालिका वडा नं.६ स्थित सिम्रौनगढ बजारमा उक्त ट्रक वेवारिसे अवस्थामा फेला पारेको थियो । 
रौतहट, गौर नगरपालिका वडा नं.१ स्थित रमेश कुमारले भण्डारण गरी राखेको अवस्थामा चोरीको तेल मध्ये ३१७ कार्टुन तेल र १५९ वटा खाली कार्टुन बरामद गरेको प्रहरीले जनाएको छ । 
प्रहरीले यस कार्यमा संलग्न रमेश कुमार, शेख कलाम र बैधनाथ साह तेली पक्राउ गरेको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?