पर्साको प्रशासन कार्यालयबाट ५ हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

३१ असोज, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको छ ।

अख्तियारको हेटौडा कार्यालयको टोलीले सोमबार प्रशासन कार्यालयको को मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत यादवलाई ५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसँग लिएको ५ हजार घुस रकमसहित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

उनले १६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेको बुझिएको पौडेलले बताए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?