असोज २३ बारा / कुस्ती समेत महाबिरी झण्डा मेलाको समिति गठन भएकोछ । विश्रामपुर गाउँपालिकाको मुसहर्वा वडा न ३ को वडा अध्यक्ष शिव चन्द्र यादवको अध्यक्षतामा ११ सदस्य मेला समिती गठन गरिएकोछ ।असोज ८ गते बसेको सर्बदलिय बैठकबाट समितीको अध्यक्षमा मोतिलाल पटेल उपाध्यक्ष बिनोद प्र कलवार कोषाध्यक्ष रेणु देवि गोढ सचिव सोनालाल चौरसिया लगाएत को ११ सदस्य समिति गठन गरिकोछ । हरेक बर्ष जस्तै यस बर्ष पनि दिपावली पुजाको भोलि पल्ट लाग्ने मेलामा देवा थापा लगाएत नेपाल र भारतबाट नामचिन पहलवानहरु आउने वडा अध्यक्ष शिव चन्द्र यादवले बताए

