पर्सा ४ मा काँग्रेसका रिजाल र चाैधरीलाई जिताउन विभिन्न समितिहरु गठन

मधेसखबर
वीरगन्ज ,२९ असाेज : नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्यका उम्मेदवार शंकर चाैधरीलाई जिताउने अभियान अन्तर्गत विभिन्न चुनावी समितिहरु गठन गरेकाे छ ।

पर्सा क्षेत्र नम्बर ४ मा शनिबार बसेकाे काँग्रेस क्षेत्रीय कार्य समितिकाे बैठकले
विभिन्न समितिहरु गठन गर्दै चुनावी गतिविधि र प्रचार प्रसार अभियानलाई अझ तिब्र बनाउने निर्णय पनि गरेकाे छ ।

काँग्रेस क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा केन्द्रीय सदस्य समेत रहेका उम्मेदवारिजालकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ,महाधिवेशन प्रतिनिधि वशिष्ठ नारायण कुर्मी,प्रदेशसभा सदस्यका उम्मेदवार शंकर चौधरी, पार्टीका जिल्ला कोषाध्यक्ष प्रेम थापा,सह सचिव नवीन सिंह,युवा नेता राकेश यादव,प्रदेश सभापति जीवन कृष्ण सापकोटा,दिपेन्द्र सिंह,क्षेत्रीय सदस्य,महाधिवेशन प्रतिनिधिहरु लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेकाे क्षेत्रीय सचिव बालिस्टर अहमदले जानकारी दिए।

The post पर्सा ४ मा काँग्रेसका रिजाल र चाैधरीलाई जिताउन विभिन्न समितिहरु गठन appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?