६७औं प्रहरी दिवसको अवसरमा जिप्रका, पर्साद्वारा सम्मान कार्यक्रम

वीरगंज, ३१ असोज/
जिल्ला प्रहरी कार्यालय, पर्साले ६७ औं प्रहरी दिवसको अवसरमा सोमवार सम्मान कार्यक्रम गरिएको छ । 
कार्यक्रममा सामाजिक कार्यमा क्रियाशील व्यक्ति, संस्था, उद्योगी–व्यवसायीलाई सम्मानित गरिएको थियो । 
यसैगरी कार्यक्रममा स्व. प्रनानि कृष्णप्रसाद गुप्ताको पत्नी सुमित्रा देवी गुप्तालाई प्रशंसापत्र र नगद रु २५ हजारसहित पुरस्कृत गरिएको थियो । यसैगरी प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जवानहरु गरी २२ जनालाई पुरस्कार वितरण गरिएको थियो । 
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, प्रनाउ दीपक गिरीलगायतको उपस्थिति थियो । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?