नेता रिजालद्वारा छिपहरमाई गापामा घरदैंलो कार्यक्रम

वीरगंज, २ कात्तिक ।
छिपहरमाई गाउँपालिका–२ को भेडिहार्वा, चरगहा टोलमा बुधवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले घरदैंलो कार्यक्रम गरेका छन् ।
घरदैंलो कार्यक्रममा नेकाका जिल्ला सहसचिव नवीन सिंह, बलिष्टर साह नेता, कार्यकर्ताहरुको सहभागिता थियो ।
पर्सा क्ष्Fेत्र ४ बाट नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल र माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराले घरदैंलो कार्यक्रम गरेका हुन् । कार्यक्रममा नेता रिजालले जनतालाई आफनो मत दिएर विजयी बनाउन आग्रह गरे । उनल मधेस र देशको समृद्धिका लागि सत्ता गठबन्धनकै सरकार बन्न आवश्यक भएको बताए ।
यसैगरी नेता रिजालले पोखरिया नगरपालिकाको बसन्तपुर र फुलवरियामा घरदैलो कार्यक्रम गरेका छन् । कार्यक्रममा काङ्ग्रेसका महासमिति सदस्य एवं जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव लगायतको सहभागिता थियो । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?