राष्ट्रिय खेलकुद प्रतियोगितामा वीरगन्जका सोयब अख्तरले जिते स्वर्ण पदक

मधेसखबर
वीरगन्ज, ०३ कार्तिक : पोखरामा आयोजित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जुडो खेलमा वीरगन्जका मोहम्मद सोयब अख्तरले स्वर्ण पदक जितेका छन् । जुडो तर्फ स्वर्ण पदक जित्ने उनी मधेस प्रदेशमै एक मात्र खेलाडी हुन् ।

अख्तरले जुडोको ५८ केजी समूहमा नेपाल प्रहरीका सुवासचन्द्र बोहरालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३ घर भएका अख्तरले तीन खेलाडीलाई पाखा लगाउँदै फाइनल पुगेका थिए ।
आफ्नो तौल भन्दा बढीको तौल समूहमा खेलेका उनले नेपाल प्रहरीका बोहोरालाई पछार्दै उपाधी हात पारेका हुन् ।

The post राष्ट्रिय खेलकुद प्रतियोगितामा वीरगन्जका सोयब अख्तरले जिते स्वर्ण पदक appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?