वीरगन्जमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक किशोरको मृत्यु

मधेसखबर
वीरगन्ज,०८ कार्तिक : वीरगन्जमा मङगलबार मोटरसाइकल दुर्घटना हुदा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्लाको सल्यान गाँउपालिका घर भइ हाल वीरगन्ज ८ पानीटंकीमा बस्दै आएका १९ बर्षिय अनुप राइ रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकी स्थित सडकमा मङगलबार बिहान साढे २ बजे ना.४६ प. ३२९७ नंबरको पल्सर मोटरसाइकल आफै अनियन्त्रीत भई सडक किनारामा रहेको विजुलीको पोलमा ठोक्किएर दुर्घटना हुदा उक्त मोटरसाइकल चालक गम्भिर घाइते भएका थिए ।

घाइते राइको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा विहान ४ बजे मृत्यु भएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

 

The post वीरगन्जमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक किशोरको मृत्यु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?