प्रहरी दिवसमा छपकैयाको विधालयका ११६ विधार्थीलाई स्कुल ब्याग वितरण


वीरगन्ज,०१ कर्तिक : ६७ औं प्रहरी दिवसको अवसरमा वीरगन्ज महानगरपालिका गवडा नम्बर २ छपकैयामा रहेको ताराचन्द किशनलाल आधारभुत विद्यालयका विधार्थीहरुलाइ स्कुल ब्याग वितरण गरिएको छ ।

श्याम ट्रेड कन्सर्नको आर्थिक सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा छपकैयाले विद्यालयका कक्षा १ देखी कक्षा ८ सम्मका गरि ११६ जना छात्र छात्राहरूलाइ स्कुल व्याग वितरण गरेको हो ।

मङगलबार विधालयमै आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले छात्रछात्राहरुलाई स्कुल ब्याग प्रदान गरेका हुन् ।त्यसअवसरमा उनले विद्यालयलाई नमुना विधालय बनाउन आवश्यक सहयो गर्ने प्रतिवद्धता पनि जनाए ।

सामूदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष मोहम्मद रेयाज मिया तेली, दलित महिला वडा सदस्य रम्भा देवी, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल, स्कुल ब्याग दिने श्याम शर्मा, विद्यालयका प्रधानाध्यापक कुरेश राउत गदी लगायतको सहभागीता थियो ।



भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?