पर्सामा आचार संहिता उल्लंघन गरि प्रयोग गरिएका चुनावी प्रचारका सामाग्री हटाउन शुरु

मधेसखबर
वीरगन्ज,०४ कार्तिक : पर्सामा राजनीतिक दल र उम्मेदवारले आचार संहिता उल्लंघन गरि सार्वजनिक स्थानमा प्रयोगका गरेका चुनावी प्रचारका सामाग्रीहरु निर्वाचन आयोगले हटाउन थालेको छ ।

निर्वाचन आचार संहिताको उल्लंघन गर्दै दल र उम्मेदवारहरुले चुनावी प्रचार प्रसार गरिरहेको भएपनि निर्वाचन आयोग मौन बसेको जनगुनासो आएपछि जिल्ला निर्वाचन कार्यालय पर्साले त्यस्ता चुनावी प्रचारका सामाग्रीहरु शुक्रबार देखि सुरक्षाकर्मी लगाएर हटाउन थालेको हो ।

निर्वाचन कार्यालयका अचार संहिता उल्लंघन अनुगमन अधिकृत रुद्र कार्कीको नेतृत्वमा सुरक्षाकर्मी सहित खटिएको टोलीले शुक्रबार पोखरीया नगरपालिका , विन्दवासीनी र पकाहामैनपुर गाँउपालिकाका विभिन्न स्थानमा पुगेर आचार संहिता विपरित प्रयोग गरिएका चुनावी प्रचारका सामाग्री हटाउन थालेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित खटिएको टोलीले पोखरिया नगरपालिकाको पोखरिया बजार , बिन्दवासनी गाउपालिकाको अमरपट्टी ,प्रसौनिभाठा तथा पकहामैनपुर गाउपालिकाको पकाहा स्थित सडकका पोल , सरकारी कार्यालय लगायतका सार्वजनिकस्थलमा दल र उम्मेदवारहरुले राखेका झण्डा , ब्यानर, साइन बोर्ड , पोष्टर र पम्प्लेटहरु हटाएको हो ।

निर्वाचन आचार संहिता उल्लंघन गरि सार्वजनिक स्थलमा प्रयोग गरिएका चुनावी प्रचारका सामाग्रीहरु शुक्रबार देखि हटाउन थालिएको भन्दै पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले दल र उम्मेदवारहरुले फेरि अटेर गरि त्यस्ता गतिविधी गरेको पाइए निर्वाचन ऐन अनुसार कारबाहीको दायरमा ल्याइने पनि बताए ।

 

 

The post पर्सामा आचार संहिता उल्लंघन गरि प्रयोग गरिएका चुनावी प्रचारका सामाग्री हटाउन शुरु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?