वीरगन्जमा पनि भुकम्पको धक्का महसुस , क्षतिको विवरण आउन बाँकी

मधेसखबर
वीरगन्ज, ०२ कार्तिक : बुधबार अपरान्ह वीरगन्ज सहित देशैभर भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार अपरान्ह ३ बजे ८ मिनेट जादाँ भुकम्पको धक्का महसुुस गरिएको हो ।

भुकम्पको धक्का पर्साको वीरगन्ज सहित बारा , रौतहट , काठमाण्डौ , चितवन , गोर्खा सहित देशैभर महसुस गरिएको सामाजिक सन्जालमा स्थानीयले लेखेका छन् ।

आफु पाँच तल्लामा बसेर काम गरिरहेका बेला अचानक दुइ पटक भुकम्पको धक्का मसुस गरेको वीरगन्ज ११ रानीघाटका सन्चारकर्मी राम सर्राफले बताए ।

भुकम्पको केन्द्र विन्दु कहा रहेको र यसबाट भएका क्षतिको बारेमा बुझने काम भइरहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

The post वीरगन्जमा पनि भुकम्पको धक्का महसुस , क्षतिको विवरण आउन बाँकी appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?