वीरगन्जकाे दशैं मेलामा साेनार समाजद्वारा निशुल्क स्वास्थ्य शीवीर सन्चालन

मधेसखबर
वीरगन्ज ,१७ असाेज : वीरगन्जमा लागेकाे दशैं मेलामा नेपाल सोनार समाज पर्सा र सोनार युवा अभियान पर्साले संयुक्त रुपमा नि:शुल्क स्वास्थ शिविर सन्चालन गरेको छ ।

प्रसिद्ध शक्तिपीठ गहवामाइ मन्दिर र बजार क्षेत्रमा लागेकाे दशैं मेलामा आएका भक्तजन र दर्शनार्थीहरुकाे सेवाका लागि निशुल्क स्वास्थ्य शीवीर सन्चालन गरिएको हाे ।

मेला घुम्न र मन्दिरमा दर्शन गर्न आएकाहरु मध्ये कसैलाई अचानक स्वास्थ्यमा आएको समस्या तत्काल समाधानका लागि शीवीरमम चिकित्सक र नि:शुल्क औषधी सहितको व्यवस्था गरिएकाे युवा अभियानका अध्यक्ष राजकुमार सरार्फले जानकारी दिए ।

शीवीर आयाेजना स्थलमै बडा दशै , शुभदिपावली तथा छठको आवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि आयाेजना गरिएकाे साेनार युवा अभियानका कोषाध्यक्ष हरिओम सरार्फले बताए ।

वीरगन्जको महावीरस्थान अगाडि सन्चालित गरिएको शीवीरमा साेनार समाजका वरिष्ठ सल्लाहकार निरज कुमार सरार्फ, अध्यक्ष भुलन सरार्फ, प्रवेश सरार्फ, बैजुलाल स्वर्णकार,  जलेश्वर सरार्फ , अभियानका अध्यक्ष राज कुमार सरार्फ, सोनालाल सरार्फ, रमेश सरार्फ, हरिओम सरार्फ लगायतको उपस्थिति रहेको थियो ।

The post वीरगन्जकाे दशैं मेलामा साेनार समाजद्वारा निशुल्क स्वास्थ्य शीवीर सन्चालन appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?