बिहेको १० वर्ष पछि ललिताले एकै पटक जन्माइन् तीन छोरा

मधेसखबर
वीरगन्ज ,२६ भदाैं : वीरगन्जकाे प्रभु हस्पिटलमा एक महिलाले एकै पटक तीन जना शीशुलाइ जन्म दिएकी छिन्।

प्रभु हस्पिटलमा उपचाररत पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नंबर ९ का वृज चौधरी थारुकी पत्नि ललिता देवि थरुनीले एकैपटक ३ जना बच्चालाई जन्म दिएकी हुन् ।

विहे भएकाे १० बर्षपछि चाैधरी दम्पतीले एकै पटकमा तीन जना छाेरालाइ जन्म दिएका हुन् ।सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो । आर्थिक अवस्था कमजोर भएका थरुनीलाई प्रभु हस्प्टिलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको टिमले शल्यकृया गरेर तीनवटै बच्चा जन्मिन सफल भएको हो ।

सुत्केरीकाे बेथा  लागेपछि थरुनीलाइ विभिन्न अस्पतालमा लग्दा अन्यत्र लैजान सल्लाह दिएपनि प्रभु हस्पिटलका डाक्टरले जोखिम मोलेर शल्यक्रिया गरेका हुन् । हाल आमा  र तीन जनै बच्चा सकुसल रहेकाे अस्पतालले जनाएकाे छ ।

The post बिहेको १० वर्ष पछि ललिताले एकै पटक जन्माइन् तीन छोरा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?