मधेसमा ६० प्रतिशत सिट नछोड्न कांग्रेसको प्रदेश समितिको दबाब

मधेसखबर
वीरगन्ज,२३ भदौं : नेपाली कांग्रेसको मधेस प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेसमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको काँग्रेस प्रदेश प्रचार प्रसार समिति संयोजक नितेश गुप्ताले जानकारी दिए ।

बैठकले आठ वटै जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय पनि गरेको छ ।

सिफारिसमा नपरेका आकांक्षीले पनि निवेदन दिएपछि उनीहरूको नाम पनि केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले बताए । उनका अनुसार प्रदेश समितिमा निवेदन दिएका अमरेश सिंहको पनि सिफारिस केन्द्रमा पठाउने निर्णय भएको उनले बताए ।

सर्लाही-४ बाट २०७४ को निर्वाचनमा विजयी भएका अमरेशको यस पटक क्षेत्रीय समितिले सिफारिस नगरी पार्टी महामन्त्री गगन थापाको नाम सिफारिस गरेको छ ।साभार:अनलाइनखबर

The post मधेसमा ६० प्रतिशत सिट नछोड्न कांग्रेसको प्रदेश समितिको दबाब appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?