महिलाको हत्याको आरोपमा देवर र भाउजू पक्राउ

बारा, १७ भदौ । बारामा महिलाको हत्याको आरोपमा देवर र भाउजूलाई पक्राउ परेका छन् । 
जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रहरी निरीक्ष्Fक रामकाजी थापाका अनुसार महागढीमाई नगरपालिका वडा नं. ३ गंजभवानीपुर टोलका २७ वर्षीय सैमोदिन अंसारी र २५ वर्षीया अप्सना खातुनलाई पक्राउ गरेको बताए । 
भदौ १६ गते महागढीमाई नगरपालिका–३ गंजभवानीपुर स्थित बस्ने सैमोदिन अंसारी पत्नी २५ वर्षीया सहनाज खातुनको आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धानको क्रममा आप्mनै पत्नीको हत्या गर्ने सैमोदिन र घटनामा सघाउने उनको भाउजू अप्सना खातुनलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका, बाराका प्रहरी निरीक्ष्Fक रामकाजी थापाले जनाएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?