नेपालमा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्वीर

मधेसखबर
वीरगन्ज, ०१ भदौ : नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ८३ जनाको नमुना परीक्षण गर्दा ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यही अवधिमा ३ सय २८ जना कोरोना संक्रमित निको पनि भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा ५ हजार ४ सय ६२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

 

यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ८९ हजार ७ सय ६७ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

The post नेपालमा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?