वीरगञ्जको दुई छुट्टा छ्टटै स्थानमा निशुल्क आँखा तथा दंत शिविर आयोजना


माधुरी महतो
वीरगञ्ज , साउन २८ गते । वीरगंजको दुई छुट्टा छ्टटै स्थानमा शनिबार निशुल्क आखाँ तथा दंत चेकजाँच शिविर सम्पन्न भएको छ ।

वीरगंजको मुर्ली स्थित धर्मशालामा रुगंटा वेलफेयर सोसाईटी र वीरगंज महानगरपालिका वडा नम्बर १२ को सहयोगमा ग्लोबल ईमर्जिगं लिडर्स श्रीपुरले आयोजना गरेको निशुल्क आँखा शिविरमा ३ सय १५ जनाको आखाँ परीक्षण गरीएको हो । जसमध्ये ३३ जनामा मोतियाविन्दु , ५२ जनामा दृष्टिदोषको समस्या देखीनुका साथै ३ जनामा मासु पलाएको समस्या देखीएको समाजसेवी सुरेश रुगंटाले बताए ।

यस्तै वीरगंजको सिधार्थ मा.वि. चिनिमिल परिसर भित्र रहेको आशा किरण केन्द्रका सुस्त मनस्थ्तिी , मस्तिक पक्षघात तथा अन्य बालबालिकाहरुका लागि निशुल्क दंत , आँखा तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।


वीरगंज सामुदायिक आखाँ केन्द्रले आयोजना गरेको निशुल्क शिविरमा ६१ जना फरक क्षमता भएका बालबालिकाको चेकजाँच गरीएकोमा प्राय बालबालिकाको आँखा टेढो भएको , ११ जनामा दृष्टिदोषको समस्या रहेको देखीएको वीरगंज सामुदायिक आखाँ केन्द्रका मेडीकल संयोजक एव् नेत्र विशेषज्ञ डा.महेश सिँह धामिले जानकारी दिए ।

त्यस्तै बालबालिकाहरुको दाँतमा पनि समस्या देखीएको डाक्टरको भनाईलाई उघृत गर्दै उनले बालबालिकालाई हरीयो खानेकुरा , सागसब्जी ख्वाउन अभिभावकलाई आग्रह गरेका छन् ।

शिविरमा डा प्रभात चौरसिया , नेत्र प्रविधिक सृजना डांगी , डा.सुरेश यादव लगायतका आँखा तथा दंतसंग  सम्बन्धित चिकित्सकहरुको टोलिले चेकजाँच गरेको हो ।


शनिवार आयोजना गरीएको दुई वटै शिविरमा समाजसेवी एव सावरीया ग्रुपका प्रवन्ध निदेशक श्याम शर्माले विशेष सहयोग तथा समन्वय गरेका वीरगंज सामुदायिक आखाँ केन्द्रका मेडीकल संयोजक एव् नेत्र विशेषज्ञ डा.महेश सिँह बताए ।


उनले खासगरी सबै वर्गका मानिसहरुले आँखा स्वस्थ राख्न समय समयमा चेकजाँच गराई राख्न र हरीयो , पहेँलो खानुकेरा निरन्तर सेवन गर्न सुझाव समेत दिए ।

शिविरमा नेपाल रेड्रक्रस पर्साकी उपाध्यक्ष मधु राणा , आशा किरण केन्द्रकी रजनी श्रीवास्तव , नेपाल रेडक्रस सोसाईटीका राजन श्रीवास्तव लगायत संचारकर्मीको पनि उपस्थिती रहेको थियो ।

The post वीरगञ्जको दुई छुट्टा छ्टटै स्थानमा निशुल्क आँखा तथा दंत शिविर आयोजना appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?