नागरिकता बिधेयक फिर्ता गरेको बिरोधमा धनुषामा प्रदर्शन


मधेसखबर
साउन ३० गते । नागरिकता विधेयक फिर्ता गरेको विरोधमा धनुषामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भएको छ ।
राष्ट्रपतिले चालेको कदम विरुद्ध नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले धनुषाको ढल्केवरमा सोमबार बिहान पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शको क्रममा नागरिकता विना समस्यामा परेकाहरुको समेत सहभागीता रहेको थियो । उनीहरुले राष्ट्रपति विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।
बन्दकर्ताहरुले मोटरसाइकल समेत रोकेपछि केहीबेर तनाव उत्पन्न भएको थियो ।

दुबै सदनबाट पास भएको नागरिकता बिधेयकलाई राष्ट्रपति बिद्या देवी भण्डारीले आइतबार फिर्ता गरेकी हुन् ।

The post नागरिकता बिधेयक फिर्ता गरेको बिरोधमा धनुषामा प्रदर्शन appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?