बिरगंज ५ भदौ / सनिवार ४ गते अं.०२;०० बजे राती वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार कार्य भैरहेको भन्ने प्राप्त सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको विशेष टोलीले ऐ.वडा नं.२१ परवानीपुर सडकखण्डमा भारतीय नं.प्लेट WB11E9033 को तेल ट्याङ्करलाई रोकी जाँच गर्दा उक्त ट्याङ्करको तेल हाल्ने तेस्रो ट्याङ्की भित्र लुकाइछिपाइ राखेको अवस्थामा सानो ठुलो गरी ४६ पोका जम्मा १७२ के.जी. लागु औषध गाँजा फेला परेको हुँदा निम्न लिखित वतनका वर्ष ३९ को ट्याङ्कर चालक लाल विहारी यादवलाई कानून बमोजिम नियन्त्रणमा लिई अवैध लागु औषध गाँजा र गाँजा बोक्ने प्रयोग भएको उल्लेखित नम्बरको ट्याङ्कर समेत बरामद गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइको जि प्र का पर्साले जानकारी दिए ।
Tags:
मुख्य समाचार