पर्सामा ९ हजार ४५४ मतदाता थपिए

८ भदौ, वीरगञ्ज । पर्सामा ९ हजार ४५४ जना मतदाता थपिएका छन् । ४ हजार १२१ जना र पु?ष ५ हजार ३३३ जना गरी ९ हजार ४५४ जना मतदाता थपिएका हुन् ।

स्थानीय तहको निर्वाचनपछि असार १ गतेदेखि साउन १९ गतेसम्म भएको मतदाता नामावली संकलनका क्रममा उनीह?ले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा ५ हजार २० जना, जिल्ला निर्वाचन कार्यालय पर्सामा ३ हजार ४११ जना र ईलाका प्रशासन कार्यालय सुपौलीमा १ हजार २३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार योसँगै पर्साको कुल मतदाता संख्या ३ लाख ४९ हजार ३२३ पुगेको छ । जसमा १ लाख ५२ हजार ३९७ महिला र १६ जना अन्य छन् ।

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) को कार्यक्रम सुरु गर्न लागिएको समेत जिल्ला निर्वाचन अधिकारी झाले बताइन् ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?