धर्मनगरमा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते

सांकेतिक तस्बिर

१० भाद्र २०७९, शुक्रबार  
बाराको कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका–२० का ३५ वर्षीय अरुण कुमार गुप्ता र पछाडी सवार ५० वर्षीय सौरब अन्सारी रहेका छन् ।


घाइतेहरुको बीरगन्जस्थित नारायणी मेडिकल कलेजमा उपचार भइहरेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ ।

गए राति ९ बजे मटिअर्बाबाट वीरगन्जतर्फ जाँदै गरेको ना१२प २५७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको प्रहरी चौकी मटिअर्बाले जनाएको छ ।

 width=Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?