चट्याङ लागेर रौतहटमा तीनजना महिलाको मृत्यु

रौतहट,१४ भदौ । रौतहटको एउटै गाउँँमा आज बिहान चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरूडा नगरपालिका–३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेहरूमा मलाही गाउँँकै ३९ वर्षीय सुदनीया देवी,७० वर्षीय जगिया कुमारी र १८ वर्षीय मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डीएसपी बरूण सिंहले जानकारी दिए । मृतक मध्ये सुदनीया र जगिया एउटै परिवारको रहेको डीएसपी सिंहले बताए ।
चट्याङ लागेर एउटै गाउँँको एकैपटक तीनजनाको मृत्यु हुँदा सिंगो मलाही गाउँँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलीदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।
यसैबीच गरूडा नगरपालिकाका मेयर मन्थमणी जयसवाल घटनास्थल पुगेर पीडित परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?