आईतबार थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


मधेसखबर
२९ साउन, वीरगञ्ज । आईतबार ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाईरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
चार हजार ८ सय २९ जनाको परीक्षणमा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दुई हजार ३ सय ८ पीसीआर परीक्षणमा ३ सय ५ र दुई हजार ५ सय २१ एन्टिजेन परीक्षणमा १ सय ५० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा ३ सय २ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४ सय ३५ रहेको छ ।

The post आईतबार थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?