सर्लाहीबाट करोडौँको तरकारी निर्यात

सर्लाही । सर्लाहीबाट विभिन्न जिल्लामा एक महिनामै करोडौँको तरकारी निर्यात भएको छ । कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार साउन महिनामा २० करोड दुई लाख एक हजार ७५० रुपियाँको तरकारी निर्यात भएको हो ।

त्यसमध्ये सबैभन्दा धेरै तीन करोड ७० लाख ४० हजार २५० रुपैयाँको परबल, लौका तीन करोड ५९ लाख ९९ हजार २५० रुपैयाँ, बोडी दुई करोड २८ लाख ७३ हजार ५ सय रुपैयाँको, एक करोड ८७ लाख ८६ हजारको गोलभेँडा, एक करोड १५ लाख ५० हजार रुपैयाँको हरियो खुर्सानी, एक करोड ५५ लाख ३४ हजार ५ सय रुपैयाँको काँक्रो निर्यात भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

लालबन्दी बजारमा किसानले ल्याएर बिक्री गर्ने तरकारी काठमाडौँ, पोखरा, नारायणघाट, हेटौँडालगायत देशका विभिन्न सहरमा निर्यात हुने गरेको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ । मधेश प्रदेशकै प्रसिद्ध तरकारी बजारको रुपमा रहेको लालबन्दी तरकारी बजारमा सर्लाही र महोत्तरीका किसानले तरकारी बेच्ने गरेका छन् ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?