वीरगन्जमा घुम्ती शीवीर सन्चालन गरि रिक्सा ठेला मजदुरहरुको स्वास्थ्य परिक्षण

मधेसखबर
वीरगन्ज ,१५ भदौं : वीरगन्जमा बुधबार निशुल्क घुम्ती स्वास्थ शीवीर सन्चालन गरि रिक्सा ठेला चालक र सर्वसाधारणको स्वास्थ परिक्षण गरिएको छ ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर वीरगन्जले गरेको घुम्ती निःशुल्क स्वास्थ्य शिविरमा २ सय ९० जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले भारतीय महावाणिज्य दूतावासले उपलब्ध गराएको विशेष एम्बुलेन्स मार्फत चिकित्सक सहितको टोली लिएर नगर क्षेत्रका बासिन्दाको घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियान अन्तरगत बुधबार वीरगन्जका विभिन्न टोलमा पुगेर ५० जना महिलासहित २ सय ९० जनाको स्वास्थ्य परिक्षण गरेको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए।

केन्द्रका संस्थापक सदस्य स्वर्गीय सुशील खेतानको स्मृतिमा वीरगन्जको प्रभु अस्पताल, वीरगन्ज सामुदायिक आँखा अस्पताल र रुंगटा वैलफेयर सोसाइटीको संयुक्त सहकार्यमा शिविर सञ्चालन गरिएको खेतानले बताए ।

शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका महेश सिंह धामी,पर्साका प्रहरी नायब उपरीक्षकहरु दीपक गिरीर निर्मल बुढाथोकी, वडा प्रहरी कार्यालय बिर्ताका पप्रहरी निरीक्षक विशाल मल्ल, नेपाल राष्ट्र बैङ्कका प्रबन्धक राजनदेव भट्टराई, सुरेश रुंगटा लगायतको पनि सहभागीता रहेको थियोे ।

The post वीरगन्जमा घुम्ती शीवीर सन्चालन गरि रिक्सा ठेला मजदुरहरुको स्वास्थ्य परिक्षण appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?