कर्मचारीको मृत्यु पश्चात् श्रीमतीले खाइरहेको सामाजिक सुरक्षा भत्तामा रोक

जनकपुरधाम । नेपाल सरकारको सेवानिवृत्त कर्मचारी र कर्मचारीको मृत्यु पश्चात् निजका श्रीमतीले खाइरहेको सामाजिक सुरक्षा भत्तामा रोक लगाइको छ ।  

सामाजिक सुरक्षा भत्ता अनलाइन गरेर बैङ्क मार्फत भुक्तानी दिएपछि नागरिकता प्रमाणपत्रको नम्बरको आधारमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले ट्रेस गरेपछि त्यस्ता दोहोरो सुविधा लिनेहरूको सामाजिक सुरक्षा भत्तामा रोक लगाएको हो । 

चालु आर्थिक वर्ष देखि सो काममा कडाई गरेको छ । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा पेन्सनका अतिरिक्त सामाजिक सुरक्षा भत्ता पाउने १२ जनाको सामाजिक सुरक्षा भत्ता भुक्तानीमा विभागले रोक लगाएको छ । राज्यले प्रदान गर्ने कुनै एक भत्ता लिन पाउने कानूनी प्रावधान रहेको छ । 

साथै २ सय १९ जनाको शङ्कास्पद देखिएकाले छानविन सहित सामाजिक सुरक्षा भत्ता पाउने परिचयपत्र पास बुकको नवीकरणका लागि विभागले पत्राचार गरेको जनकपुरधाम उपमहानगरपालिका पञ्जिकरण शाखाका नायव सुब्बा श्रवण कुमार साहले जानकारी दिनु भयो । 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?