राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकोमा काङ्ग्रेसद्वारा वीरगन्जमा प्रदर्शन

मधेसखबर

वीरगन्ज,३१ साउन : नेपाली कांग्रेसले नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकोमा वीरगन्जमा विरोध प्रदर्शन गरेको छ।

कांग्रेस पर्सा क्षेत्र नम्बर २ को क्षेत्रीय कार्य समितिले मङ्गलबार विरोध प्रदर्शन गरेको हो। घण्टाघरबाट बिहान शुरु विरोध जुलुस माइस्थान,आदर्शनगर हुदै पुन घण्टाघर चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो।

क्षेत्रीय सभापति महम्मद शाहबुद्दिनको अध्यक्षतामा भएको विरोधसभामा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपति भण्डारीले आफु एमालेको कार्यकर्ता भएको पुष्टि गरेको बताए। उनले संसदको दुवै सदनले विधि सम्मत पारित गरेको विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरेर संविधान कै उपहास गरेको बताए। उनले जनविरोधी कदम सच्याउन राष्ट्रपतिसंग आग्रह पनि गरे।

विरोधसभालाई काङ्ग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, महाधिवेशन प्रतिनिधि नरेन्द्र साह लगायतले पनि संबोधन गरेका थिए। विरोध प्रदर्शनमा काङ्ग्रेसका पुर्व नगरसचिवहरु सन्तोष सिंह, मनोहर साह लगायतको पनि सहभागीता रहेको थियो ।

The post राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकोमा काङ्ग्रेसद्वारा वीरगन्जमा प्रदर्शन appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?