हुण्डी रकमसहित एक जना पक्राउ

वीरगंज, २७ असोज । वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर नबिल बैंक अगाडि सडकखण्डबाट  स्रोत नखुलेको चार लाख ३४ हजार नगदसहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
 
असोज २६ गते मध्यान्ह १२ बजे जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष १९ को किशन यादवलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए ।
 
यादवलाई कानून बमोजिम बरामद गरी नियन्त्रणमा लिइ निज विरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोवार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?