सिमरा गाेल्डकप : वीरगन्ज आज एनआरटीसंग भिड्दै

वीरगन्ज युनाईटेड क्लबका खेलाडीहरु । फाेटाे : इशिलालेख

वीरगन्ज ,१२चैत : बाराकाे सिमरामा जारी १३ ओैं जितपुरसिमरा गाेल्डकप फुटबल प्रतियोगितामा आज आइतबार वीरगन्ज युनाईटेड क्लब र न्युरोड टिम (एनआरटी) काठमाडौं बिच प्रतिस्पर्धा हुदैछ ।

सेमिफाइनल प्रवेशका लागि वीरगन्जले आज एनआरटीसंग भिड्न लागेकाे हाे । बी डिभिजनकाे वीरगन्जका लागि सेमिफाइनलकाे यात्रा तय गर्न ए डिभिजनकाे एनआरटीसंगकाे भिडन्त त्यति सहज भने छैन । यसअघि गत शुक्रबार भएकाे आफनाे पहिलाे खेलमा वीरगन्जले बागमती युवा क्लब सर्लाही का विरुद्ध ३-० काे सहज जित निकालेर क्वाटरफाइनलकाे यात्रा तय गरेकाे हाे ।

यसअघि शनिबार बेलुकी भएकाे पहिलो क्वाटरफाइनलमा मकवानपुर ११ ले भरतपुर फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा बिहिवारदेखि सुरु भएको प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछ ।

The post सिमरा गाेल्डकप : वीरगन्ज आज एनआरटीसंग भिड्दै appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?