सिमरा गाेल्डकपमा आज वीरगन्ज खेल्दै

फाइल फाेटाे

बारा,१०चैत : बाराकाे सिमरामा जारी १३ ओैं जितपुरसिमरा गाेल्डकप फुटबलमा आज शुक्रबार वीर युनाईटेड क्दब र बागमती युवा क्लब सर्लाही बिच खेल हुदैछ ।

सिमरा रंगशालामा जारी प्रतियोगिताकाे दाेश्राे दिन यी दुई टिम बिचकाे खेल साँझ हुनेछ ।

वीरगन्ज युनाईटेड बि डिभिजन र बागमती युवा क्लब सि डिभिजनको क्लब हो।

यसअघि बिहीबार प्रतियोगिताको उद्घाटन खेलमा आयाेजक नवजनजागृती युवा क्लब सिमरालाई ३-१ ले हराउँदै भरतपुर फुटबल क्लब चितवनले विजयी सुरुवात गरेकाे थियाे ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा एनआरटी, नेपाल एपीएफ क्लब, चर्च ब्वाईज युनाइटेड, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, भरतपुर फूटबल क्लब र आयोजक सहभागी छन्। चैत १८ गते संचालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन्।

The post सिमरा गाेल्डकपमा आज वीरगन्ज खेल्दै appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?