दुई छाेरासहित गण्डक नहरमा हाम फालेकी प्रतिमासहित तीनै जनाकाे शव भेटियाे

नवलपरासी ,९फागुन:नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर हाम फालेकी आमासहित तीनै जना मृत भेटिएका छन्।

नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुराकी २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय क्रिस र ७ वर्षीय सुमितलाई लिएर गण्डक नहरमा हाम फालेकी थिइन्।

हाम फालेको सूचना पाएर खोजी गर्न पुगेको प्रहरी टोलीले घटनास्थलदेखि एकसय मिटर तल तीनै जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।

प्रतिमाले आफ्नो दायाँ र बायाँ हातमा छोराहरूको हातलाई सलले बाँधेर नहरमा हाम फालेको उनले बताए। उनको मानसिक सन्तुलन बिग्रिएको स्थानीयले बताएका छन्। उनका श्रीमान् वैदेशिक रोजगारीमा छन्। आत्महत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।साभार:अन्नपूर्ण पाेष्ट

The post दुई छाेरासहित गण्डक नहरमा हाम फालेकी प्रतिमासहित तीनै जनाकाे शव भेटियाे appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?