शिखर इन्स्योरेन्सको वाषिर्कोत्सवको अवसरमा १ सय ५३ जनाद्वारा रगतदान

मधेसखबर
कार्तिक २८ गते , वीरगञ्ज: शिखर इन्स्योरेन्सको १८ औ वाषिर्कोत्सवको अवसरमा रगतदान कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा १ महिला सहित ५३ जनाले रगतदान गरेका थिए भने रगतदान गर्नेहरुलाइ नितेस दास, काजल ढुङेल, चन्दन श्रीवास्तव लगायतका अथितीले प्रमाणपत्र सहित प्रोत्साहित गर्ने कार्य गरेका थिए ।

कार्यक्रममा श्रीराम पटेल, ब्रीजेस यादव, पवल साह तेलि, चन्दन श्रीवास्तव, मुकेस गिरि, रोशनी कर्ण, सानू बैठा, राजेस कुमार सहनी लगायत पन्टर ११ क्रीकेट टिम, बिमा प्राधिकरण कर्मचारी र अन्य बैक तथा इन्स्योरेन्सका कर्मचारीहरुले रगतदान गरेका हुन् ।
आईतबार आयोजित रगतदान कार्यक्रममा रक्तसञ्चार केन्द्रबाट सौरभराज पाण्डेयको टोलिले प्राबिधिक सहयोग गरेको रेडक्रसका राजन श्रीवास्तवले जानकारी दिए ।

शिखर इन्स्योरेन्सको बिरगंज मधेस प्रदेश प्रमुख सुरेस चन्द गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इन्स्योरेन्सका महाप्रबन्धक पुष्कर महत लगायतको उपस्थिती रहेको थियो ।

The post शिखर इन्स्योरेन्सको वाषिर्कोत्सवको अवसरमा १ सय ५३ जनाद्वारा रगतदान appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?