बारामा करेन्ट लागेर चार वर्षिया बालिकाको मृत्यु

सांकेतिक फोटो

 

मधेसखबर
वीरगन्ज, २२ कार्तिक : बारामा मङगलबार दिउँसो बिजुलीको करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका वडा नम्बर ४ बेल्दारीका रन्जय प्रसाद यादवकी छोरी चार वर्षिया सन्ध्या कुमारी यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
मङगलबार दिउँसो खेल्ने क्रममा आफ्नै कुखरा खोरमा बिजुलीको होल्डर समाउदा करेन्ट लागेर गम्भिर घाईते भएकी सन्ध्यालाई उपचारका लागि सीमावर्ती भारतीय बजारमाम लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

The post बारामा करेन्ट लागेर चार वर्षिया बालिकाको मृत्यु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?