वीरगन्जकाे श्रीपुरमा ६० जनाद्वारा रगत दान

मधेसखबर
वीरगन्ज ,२९ असाेज : वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा शनिबार रक्तदान कार्यक्रम आयाेजना गरिएको छ ।

सिटी राेयल युवा क्लबले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ६० जनाले रगत दान गरेका छन् । रगत दान गर्नेहरुमा विष्णु महताे धानुक, रामपृत महताे, अनिल साेनी, नेहा मण्डल, विपिन पटेल लगायतका रहेकाे रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक डिल्ली माया घिमिरेले जानकारी दिइन् ।

क्लबका अध्यक्ष सुरज महताेकाे अध्यक्षतामा आयाेजित रक्तदान कार्यक्रमकाे उद्घाटन पर्सा क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार एंव नेपाली काँग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीले गरेका थिए ।

रक्तदान कार्यक्रममा ज्येष्ठ नागरिक भागीरथ महताे, सुन्दर कुर्मी, महेश्वरलाल महताे, मनाेज महताे,प्रधुमन सेढाँई, प्रयाग महताे लगायतकाे पनि उपस्थिति थियाे ।

The post वीरगन्जकाे श्रीपुरमा ६० जनाद्वारा रगत दान appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?