ड्राइपोर्ट क्षेत्रमा अर्को दुर्घटना भारतीय नागरिकको मृत्यु

वीरगंज, २७ असोज । 
शुक्रवार दिउँसो वीरगंज महानगरपालिका–२४ ड्राइपोर्ट क्ष्Fेत्रमा अर्को दुर्घटना हुंदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । 
ड्राइपोर्टको मूलगेटमा भएको दुर्घटनामा भारत बिहार, पूर्वी चम्पारण निवासी ३५ वर्षीय सन्तोष कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार कुशवाहालाई प्र २–०३–२० ख ८७८९ को लहरीले किचेपछि उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले लहरी चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 
यसअघि आजै बिहान दुर्घटना हुंदा पोखरिया–१ निवासी बिघा रामको मृत्यु भएको थियो । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?