पर्सामा लहरीले ठक्कर दिंदा एकजनाको मृत्यु

वीरगंज, २८ असोज । 
वीरगंज महानगरपालिका वडा न.२४ बहुअरीचोकस्थित सडकखण्डमा लहरीले ठक्कर दिंदा एकजना पैदल यात्रीको मृत्यु भएको छ । 
शुक्रवार बिहान १० बजे ड्राईपोर्टबाट परवानीपुर तर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको खाली लहरीले बाटो काट्दै गरेको पैदल यात्री पोखरिया नगरपालिका वडा नं. १ वनकटुवा बस्ने वर्ष ६० को विगा रामलाई ठक्कर दिएको थियो । 
ठक्करबाट गम्भीर घाइते भएका रामलाई प्रहरी चौकी सिर्सियाले उपचारको लागि नारायणी अस्पताल पठाएको थियो । नारायणी अस्पतालले घाइते रामलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 
प्रहरीले लहरी र चालक वीरगञ्ज महानगरपालिका वडा नं.१९ बिन्दवासिनी बस्ने वर्ष २४ को सुजित यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?