उपेन्द्र यादव–२ बाट सिफारिस

File Photo

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरुपले सिफारिस भएको छ ।

जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नं २ को सम्पन्न बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष यादवलाई सर्वसम्मतरुपले सिफारिस गरिएको जसपाका कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख वृजमान तामाङले जानकारी दिनुभयो ।

जसपा अध्यक्ष यादव  २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नं २ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । यस्तै सप्तरी निर्वाचन क्षेत्र नं १ बाट वर्तमान प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादव, पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं (ख) का प्रदेशसभा सदस्य तथा मधेस प्रवेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहको नाम सिफारिस भएको कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख तामाङले बताउनुभयो । रासस


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?